Logo

परराष्ट्र मन्त्रालय हाँक्ने चौथो महिला बनिन् आरजु



काठमाडौं,३१ असार । नवनियुक्त परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले पदभार ग्रहण गरेकी छन् । शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपल लिएलगत्तै सिंहदरबार पुगेर आरजुले पदभार ग्रहण गरेकी हुन् ।

डा आरजु परराष्ट्र मन्त्रालय हाँक्ने चौथो महिला बनेकी छन् । यसअघि नेपालबाट सहाना प्रधान, सुजता कोइराला र डा विमला राई पौड्यालले सो मन्त्रालय सम्हालिसकेका छन् ।

१८ चैत्त २०६३ मा परराष्ट्रमन्त्री नियुक्त भएकी सहानाले ६ भदौ ०६५ सम्म सो मन्त्रालयको नेतृत्व गरेकी थिइन् ।

यस्तै, ११ जेठ २०६६ मा सुजाता कोइराला परराष्ट्रमन्त्री बनेकी थिइन् । उनले २३ माघ २०६७ सम्म परराष्ट्र सम्हालेकी थिइन् ।

डा विमला ४२ दिन परराष्ट्रमन्त्री बनेकी थिईन् । तत्कालीन राष्ट्रिय सभाकी सदस्य रहेका पौड्याल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा ०७९ पुनदेखि फागुन १५ गतेसम्म परराष्ट्र मन्त्री बनेकी थिईन् ।

डा। राणा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी हुन् । उनी अन्तर्राष्ट्रिय सम्बन्धकी जानकार हुन् ।

उनी समानुपातिक सांसद हुन् । उनी २०७४ को निर्वाचनमा भने कैलालीबाट लडेकी थिईन् । उनी एमालेका नारदमुनि रानासँग पराजित भएकी हुन् ।



प्रतिक्रिया दिनुहोस्