काठमाडौँ, ३१ असार । प्रतिनिधि सभा बैठकले ‘आर्थिक विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रियसभाबाट सुझावसहितको सन्देशमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ ।
आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त प्रस्ताव प्रस्तुत गर्दै छलफलका क्रममा उठेका सुझाव विधेयकमा समेट्न प्रयास गर्ने बताए ।
उक्त प्रस्तावमाथीको छलफलमा भाग लिँदै सांसद प्रेम सुवालले पेट्रोलियम पदार्थको आयात घटाउन नेपाली जनतालाई विद्युत् सस्तोमा दिनुपर्ने र विद्युतीय गाडीको भन्सार शुल्क घटाउनुपर्ने बताए ।
प्रतिनिधिसभाको अर्को बैठक आगामी साउन ६ गते दिउँसो १ बजे बस्नेछ ।