Logo

सरकार छाड्न मुख्यमन्त्री कुर्दै कर्णालीमा माओवादीका मन्त्रीहरु



काठमाडौं,१ साउन । कर्णाली प्रदेश सरकारमा रहेका नेकपा माओवादी केन्द्रका मन्त्रीहरुले सरकार छाड्ने तयारी गरेका छन् ।

केन्द्रमा नेकपा एमाले र नेपाली कांग्रेस मिलेर नयाँ सरकार गठन भएसँगै प्रदेशमा रहेका माओवादीका मन्त्रीहरुले सरकार छाड्न लागेका हुन् । कर्णालीमा हाल यामलाल कँडेल मुख्यमन्त्री छन् । उनी नेकपा एमालेका प्रदेश संसदीय दलका नेता हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा केन्द्रमा नयाँ सरकार बनेसँगै माओवादीका मन्त्रीहरु सरकार छाड्ने र समर्थन झिक्ने तयारीमा छन् । तर, मुख्यमन्त्री कँडेल काठमाडौंमा रहेको हुँदा उनीहरुले राजीनामा बुझाउन पाएका छैनन् । कर्णालीमा माओवादीका मन्त्री हटाएर नेपाली कांग्रेसलाई सरकारमा भित्र्याउने कँडेलको तयारी रहेको छ । कांग्रेस र एमालेबीच भएको सहमति अनुसार कर्णालीमा एमाले नेतृत्वकै सरकारले पूर्णता पाउने बताईएको छ । कर्णालीमा माओवादीका तीन जना मन्त्री छन् ।

माओवादीबाट हाल कर्णाली सरकारमा आर्थिक मामिला तथा योजनामन्त्रीमा महेन्द्र केसी छन् भने दुर्गाबहादुर रावतले वन, पर्यटन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् । त्यस्तै वीरबहादुर शाहीले सामाजिक विकासमन्त्री र रणसिंह परियारले जलस्रोत तथा उर्जा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् । अब उनीहरुको स्थानमा कांग्रेसका मन्त्रीहरु नियुक्त हुनेछन् ।



प्रतिक्रिया दिनुहोस्