Logo

आरजु र रमेश मन्त्री बन्दा संसद्‌मा कांग्रेसका २ पद रिक्त, कसले पाउला अवसर ?



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा १० मन्त्री पठाएको नेपाली कांग्रेसमा २ वटा पद रिक्त भएको छ । गृहमन्त्रीमा रमेश लेखक र परराष्ट्रमा आरजु देउवा गएपछि उनीहरुले सम्हाल्दै आएको पद रिक्त भएको हो ।

मन्त्री बन्नुअघि लेखक प्रमुख सचेतक, र राणा संसद्को कृषि तथा प्राकृतिक स्रोत समितिकी सभापति थिईन् । अब कांग्रेसले २ पदमा नयाँ पदपूर्ती गर्नुपर्ने छ ।

२०७९ पुस १९ देखि लेखक कांग्रेस संसदीय दलको प्रमुख सचेतक थिए । राष्ट्रिय मान्यता प्राप्त दलको प्रमुख सचेतकले संसद् सचिवालयबाट गाडी, इन्धन सहितको अतिरिक्त सुविधा पाउँछन् ।

यता राज्यमन्त्री सरहको मानिने संसद्को सभापति राणाले पनि संसद सचिवालयबाट गाडीसहितको सुविधा पाउनेगर्थे । कांग्रेसबाट अब लेखकको स्थानमा मन्त्री बन्न छुटेका जीवन परियारले सो अवसर पाउने सम्भावना रहेको छ । ओली सरकारमा कानून न्याय तथा संसदीय मामिलामन्त्री बन्ने चर्चा भएपनि गुटको व्यवस्थापन नहुँदा उनी मन्त्री बन्न छुटेका थिए ।

प्रतिनिधि सभाको समितिमा भने कांग्रेस सांसदहरु रुपा विक र डिल्ली राज पन्तमध्ये एक जनाले अवसर पाउन सक्छन् । कैलालीबाट निर्वाचित सांसद पन्त आरजुनिकट रहेको हुँदा उनले अवसर पाउनसक्ने कांग्रेसभित्र चर्चा छ ।



प्रतिक्रिया दिनुहोस्