Logo

भृकुटीमण्डपमा जारी वृहत जुत्ताचप्पल व्यापार मेलामा ग्राहकहरुको उपस्थिति उल्लेख्य, साउन १३ गतेसम्म थपियो समय



काठमाडौं, १ साउन । काठमाडौंको भृकुटीमण्डपमा वृहत जुत्ताचप्पल व्यापार मेला जारी रहेको छ । विगत ३ महिनादेखि जारी रहेको जुत्ताचप्पल मेला आगामी साउन १३ गतेसम्म चल्ने बताइएको छ । मेलामा जुत्ताचप्पल उत्पादक ११ वटा कम्पनीका ३० भन्दा बढी ब्राण्डका ८ हजारभन्दा धेरै भेराइटीहरु उपलब्ध रहेको आयोजक सविन कार्कीले बताए ।

जुत्ताचप्पल मेलामा रन सुज, शिखर सुज, सुल्याण्ड, हिमानी, वान वर्ल्ड, पीजी सुज, एक्स्ट्रा सुज, बोस सुज, भेनस सुज, सिल सुज, आइडल सुजको उत्पादनहरु विक्रीमा राखिएको छ ।

एक्स्ट्रा सुजका सञ्चालक तथा जुत्ताचप्पल मेला आयोजक कार्कीले व्यापार मेला अहिलेसम्म पनि उत्साहजनक रहेको बताए । उनले आर्थिक मन्दीको विषम परिस्थितिमा पनि जुत्ताचप्पल मेलामा ग्राहकहरुको उल्लेखनीय सहभागिता रहेको बताए ।

जुत्तापप्पल मेलामा सबै कम्पनीका उत्पादनहरुमा ६ महिनाको वारेन्टीसहित १० देखि ६० प्रतिशतसम्म छुटको व्यवस्था रहेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्