Logo

ओली सरकारलाई सेयर बजारको न्यानो स्वागत, २६ महिनापछि २३ सय विन्दुमाथि पुग्यो नेप्से



काठमाडौं,१ साउन । २६ महिनापछि सेयर बजारले २३०० अंक नाघेको छ । मंगलबार सेयर बजार २३१० अंकमा कायम भएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ७०।१८ अंक बढेको हो ।

कुल ९ अर्ब १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन ८ अर्ब ७३ करोडको कारोबार भएको थियो । कुल २३४ कम्पनीको मूल्य बढ्दा ८ को घटेको छ ।

दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेस मिलेर आइतरबार नयाँ सरकार गठन भएपछि नेप्सेले सकारात्मक दिशा पहिल्याउन थालेको छ । खासगरि नयाँ अर्थमन्त्रीको रुपमा विष्णु पौडेलको आगमन भएसँगै नेप्सेले उच्चतम विन्दू पार गरेको हो । पौडेल अर्थमन्त्री हुँदा नेप्से बढ्ने गर्दछ ।

आज सिन्धु विकास बैंक, बरुण हाइड्रोपावर कम्पनी, ग्रीन डेभलपमेनट बैंक, अंकुखोला जलविद्युत कम्पनी र मंदाकिनी हाइड्रोपावर लिमिटेडका लागनीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् । जहाँ यी कम्पनीहरूको सेयरमूल्यमा पोजेटिभ सर्किटसमेत लागेको छ ।

कारोबारका आधारमा ङादी पावर ग्रुप लिमिटेड २१ करोड ७७ लाख ४९ हाजर रूपैयाँको कारोबारका साथ शिर्ष स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्