Logo

प्रचण्ड सरकार ढलेसँगै महान्यायाधिवक्ता पोखरेलले दिए राजीनामा



काठमाडौं,१ साउन । महान्यायाधिवक्ता दीनमणि पोखरेलले राजीनामा दिएका छन् । प्रधानमन्त्रीमार्फत् दिइएको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेको शीतल निवासले जनाएको छ ।

महान्यायाधिवक्ता सरकारको प्रमुख कानूनी सल्लाहकार मानिन्छन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सिफारिसमा पोखरेल २०७९ पुस १६ गते महान्यायाधिवक्ता नियुक्त भएका थिए ।

प्रधानमन्त्रीमा प्रचण्डले विश्वासको मत नपाएपछि सरकार ढलेसँगै पोखरेलले पनि राजीनामा दिएका हुन् । आइतबार नियुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीले अब आफ्नो इच्छा अनुसार नयाँ महान्यायाधिवक्ता नियुक्त गर्नेछन् । ओलीले पूर्व महान्यायाधिवक्ताद्धय रमेश बडाल र अग्नी खरेलमध्ये एक जनालाई नियुक्त गर्ने चर्चा छ ।



प्रतिक्रिया दिनुहोस्