Logo

ओली सरकार समावेशी नभएको भन्दै महिला आयोगको ध्यानाकर्षण



काठमाडौं । राष्ट्रिय महिला आयोगले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान मन्त्रिपरिषद् समावेशी नभएको भन्दै ध्यानाकर्षण गराएको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै आयोगले ३३ प्रतिशत महिला अनिवार्य हुनपर्नेमा जम्मा २ जनामात्र महिला मन्त्रिपरिषद्मा सहभागी गराईएको भन्दै चिन्ता व्यक्त गरेको छ ।

अध्यक्ष कमलाकुमारी पराजुलीद्वारा जारी विज्ञप्तिमा नेपालको संविधानको भाग ३ को धारा ३८ मा को उपधारा ४ मा रहेको राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक रहेको स्मरण गराइएको छ ।



प्रतिक्रिया दिनुहोस्