Logo

एमाले-कांग्रेस गठबन्धन सरकार मुलुकका लागि हानिकारक छः चित्रबहादुर केसी



काठमाडौं, १ साउन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाली कांग्रेस र एमालेसहितको गठबन्धन मुलुकका लागि हानिकारक रहेको बताएका छन् । आज (मंगलबार) विज्ञप्तिमार्फत पार्टीको धारणा सार्वजनिक गर्दै उनले केपी शर्मा ओली प्रधानमन्त्री बन्दा मुलुकमा प्रतिगमनको खतरा बढेको बताएका छन् ।

‘केपी ओली नेतृत्वमा बनेको सरकार नेपालका लागि तात्कालीन र दीर्घकालीन दुवै दृष्टिले हानिकारक रहेको छ,’– उनले भने ।

उनले साम्राज्यवादी शक्तिहरूले मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताविरुद्ध षड्यन्त्र गर्न सक्ने खतरा झन् बढेर गएको पनि बताएका छन् ।

प्रधानमन्त्री ओलीको अधिनायकवादी चरित्रका कारण नेपालको राजनीति बदनाम भएको उनको भनाइ छ । ओलीले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई समाप्त गर्ने, जनप्रतिनिधिमूलक संस्थाबाट आएको विरोधको सामना गरेर मार्गप्रशस्त गर्नेभन्दा दुई–दुई पटक संसद् नै भङ्ग गरेर देशलाई प्रतिगमनतर्फ धकेल्नेजस्ता कार्य गरेको उनको भनाइ छ । नेता केसीले ओलीलाई गल्तीप्रति कुनै पश्चाताप नभएको पनि उनले टिप्पणी गरेका छन् । File Photo/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्