Logo

समाजवादी मोर्चाको बैठकमा गएनन् उपेन्द्र यादव



काठमाडौं । ४ कम्युनिष्ट घटक मिलेर बनेको समाजवादी मोर्चाको बैठक जारी छ ।

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको पार्टी मुख्यालय, आलोकनगरमा बसिरहेको छ ।

बैठकमा मोर्चालाई बलियो बनाउने विषयमा छलफल भैरहेको जनाईएको छ । बैठकको अध्यक्षता नेकपाका महासचिव नेत्रविक्रम चन्दले गरेका छन् ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव र सह–अध्यक्ष गंगानारायण श्रेष्ठपनि सहभागी छन् । यस्तै, बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, महासचिव घनश्याम भुसाल, प्रमेश हमाल र जीवनराम श्रेष्ठलगायत सहभागी छन् ।

यस्तै, माओवादी केन्द्रबाट अध्यक्ष दाहालसहित उपाध्यक्ष अग्निप्रसाद सापकोटा, महासचिव देवप्रसाद गुरुङ सहभागी छन् । नेकपाबाट महासचिव विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सहभागी छन् ।

अन्य कम्युनिष्ट घटक बैठकमा उपस्थित हुँदा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव भेन सहभागी छैनन् । गत वैशाखमा पार्टी विभाजन भएपछि उनी समाजवादी मोर्चाबाट अलगिएका छन् । उनले अब समाजवादी मोर्चाको औचित्य सकिएको बताईसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्