Logo

मोहन वैद्यको पार्टी फेरि फुट्यो



काठमाडौं, १ साउन । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल फेरि फुटेको छ । मोहन वैद्य नेतृत्वको उक्त पार्टी एकीकरण भएको १६ महिनापछि फेरि विभाजन भएको हो ।

विप्लव नेतृत्वको नेकपाबाट विभाजित भएर बनेको नेकपा बहुमतले वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीसँग एकता गरेको थियो । एकतापछि पार्टीको सह–संयोजकको भूमिकामा रहेका धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले आज विज्ञप्ति जारी गर्दै पार्टी विभाजन भएको घोषणा गरेका हुन् । उनले पार्टीलाई सुदृढ गर्न कयौं प्रसाय गरेपनि वैद्य समूहको असहयोगका कारण सफल हुन नसकेको बताएका छन् । File Photo/RN



प्रतिक्रिया दिनुहोस्