Logo

प्रधानमन्त्री ओलीसँग अमेरिकी राजदूत थम्पसनको शिष्टाचार भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अमेरिकी राजदूत डी आर थम्पसनले भेटवार्ता गरेका छन् ।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपाल र अमेरिकाबीचको ७७ वर्ष लामो जीवन्त साझेदारीको विषयमा छलफल भएको राजदूत थम्पसनले जानकारी दिए ।

उनले अमेरिका नेपाल र अमेरिकाबीचको सहयोगलाई सुदृढ बनाउन नयाँ सरकारसँग काम गर्न तत्पर रहेको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्