Logo

कांग्रेस-एमाले गठबन्धन सरकारले रवि र स्वर्णिमलाई देशद्रोहको मुद्दा चलाउन सक्नुपर्छः भीम रावल



काठमाडौं, २ साउन । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री भीम रावलले वर्तमान सरकारले नेपाललाई भारत बनाउँछौं भन्ने सांसदलाई देशद्रोहको मुद्दा चलाउनुपर्ने बताएका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्ले र निष्काशित महामन्त्री मुकुल ढकाल दुवैसँग बयान लिनुपर्ने बताएका हुन् ।

‘यत्रो दुईवटा ठूला पार्टीको सरकारले यो कुराको छानविन गरेर यदि कुनै सांसदले नेपाललाई भारतको प्रान्त बनाउँछु भन्छ भने निजलाई देशद्रोहमा मुद्दा चलाइनुपर्छ । मुकुल ढकाल र स्वर्णिम वाग्ले दुवैसँग बयान लिइनुपर्छ,’– उनले भने ।

रास्वपाका निष्काशित महामन्त्री ढकालले टीकाराम यात्रीसँगको अन्तरवार्तामा पार्टी सभापति रवि लामिछाने र उपसभापति वाग्लेले नेपाललाई भारतको एउटा प्रान्त बनाउने गरी सम्झौता गर्न पनि तयार हुनुपर्छ भनी सुनाएको बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्