काठमाडौं, २ साउन । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आफूले महिला प्रधानमन्त्री होस् भन्न चाहेको बताएका छन् । आगामी दिनमा महिला प्रधानमन्त्री बन्ने उनले बताए । आज (बुधबार) नेपाल महिला संघको केन्द्रीय कार्यालय शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले महिला प्रधानमन्त्री बनेमा पुरुषको पनि प्रतिनिधित्व हुनसक्ने बताएका हुन् ।
उनले आफू जन्मिनुअघि बाबुआमाले छोरी चाहेको पनि सुनाए । अब छोरी जन्मिछ भनेर आमाबाबुले फ्रक किनेर राखेको र पछि आफू जन्मिएपछि तीन वर्षसम्म फ्रक लगाएको उनले सुनाए ।
‘मेरो पिता विश्वेश्वर प्रसाद कोइरालाका तीन जना छोराहरु थिए । म पेटमा थिएँ, उहाँहरुलाई छोरी चाहिएको थियो । पेटमा म थिएँ । उहाँहरुलाई अब त छोरी नै हुन्छ भन्ने लागेर फ्रक किनेर राख्नुभयो, जन्मिएँ म । अनि म तीन वर्षसम्म त्यही फ्रक रलाक्ष्र बसेँ । हुन त म महिला होईन, तर उहाँहरुको म प्रतिनित्व पनि गर्छु एक किसिमले,’– उनले भने ।