Logo

चन्द्रागिरी केवलकारमा अड्किए यात्रु, उद्धार कार्य जारी



काठमाडौं,२ साउन । काठमाडौंको चन्द्रागिरि केबलकार बीचमै रोकिँदा यात्रुहरू फसेका छन्। बुधबार करिब साढे १ बजे केबलकार बन्द भएपछि यात्रुहरू अड्केका हुन्।

केबलकारमा फसेका यात्रुको प्रहरीले उद्धार प्रयास गरिरहेको छ। स्टेसन नजिक रहेका ८ जना यात्रुको भर्‍याङ लगाएर उद्धार गरिएको महानगरीय प्रहरी बृत्त थानकोटले जनाएको छ।

तर, जंगलको बिचमा रहेका डब्बाबाट यात्रुलाई उद्धार गर्न कठिनाई भइरहेको प्रहरीको भनाई छ।अड्किएका यात्रुलाई वैकल्पिक उपायाबाट तल्लो स्टेसनमा झार्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

प्रहरी बृत्त थानकोटका अनुसार जेनेरेटर चलाउन नसकिएपछि अहिले केवलकारको डिब्बामा अड्किएका यात्रुलाई डोरी हातैले तानेर तल्लो स्टेसनमा झार्ने प्रयास भइरहेको छ।



प्रतिक्रिया दिनुहोस्