Logo

दोहोरिएर महान्यायाधिवक्ता बन्ने तेस्रो व्यक्ति बने रमेश बडाल



काठमाडौं,२ साउन । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।

पौडेलले नेपालको संविधानको धारा १५७ को उपधारा २ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा काठमाडौं महानगरपालिका वडा नं। ७, चावहिल निवासी वरिष्ठ अधिवक्ता वडाललाई नेपालको महान्यायाधिवक्ता पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालय शीतलनिवासले जनाएको छ ।

सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ता प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ। यसअघिका महान्यायाधिवक्ता डा। दीनमणि पोखरेलले सरकार परिवर्तन भएसँगै राजीनामा दिइसकेका छन्। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा नियुक्त भएका पोखरेलले आइतबार नयाँ प्रधानमन्त्री नियुक्त भएसँगै राजीनामा दिएका थिए।

बडाल यसअघि ओली प्रधानमन्त्री हुँदा २०७७ चैत ६ गते पहिलोपटक महान्यायाधिवक्ता नियुक्त भएका थिए। तर सर्वोच्च अदालतको परमादेशले ओली सरकार ढलेर शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि बडालले पनि राजीनामा दिएका थिए। २०७८ असार २९ गते राजीनामा दिएका बडालले पहिलो कार्यकालमा करिब चार महिना मात्रै काम गर्न पाएका थिए।

श्रम कानूनका ज्ञाता रहेका बडाल यसअघि लामो समय एमाले समर्थित श्रमिक संगठन अखिल नेपाल ट्रेड युनियन महासंघ ९जिफन्ट० मा आबद्ध थिए । महान्यायाधिवक्ता नियुक्त हुनुअघि उनी एमालेको कानून विभागका प्रमुख हुन् ।

महान्यायाधिवक्ता पदमा दोहोरिनेमा बडाल तेस्रो व्यक्ति हुन् । यसअघि मोतीकाजी स्थापित र प्रेमबहादुर विष्ट दुई पटक महान्यायाधिवक्ता बनेका थिए ।

स्थापीत २०४७ देखि ०५१ र ०५२ देखि ५३ सालसम्म नेपाली कांग्रेस नेतृत्वको सरकारमा महान्यायाधीवक्ता बनेका थिए । २०४७ माघदेखि २०५१ मंसिरसम्म पहिलोपल्ट र २०५२ कात्तिकदेखि २०५३ फागुनसम्म दोस्रोपल्ट उनी महान्यायाधिवक्ताको जिम्मेवारीमा रहेका थिए । त्यतिबेला प्रतिनिधिसभा विघटन, टनकपुर बांँध लगायतका संवैधानिक प्रश्न जोडिएका सार्वजनिक सरोकारका मुद्दामा सरकारको तर्फबाट बहस गरेका थिए ।

त्यस्तै विष्ट पहिलोपटक ०५४ वैशाख ५ गतेबाट ०५५ साल वैशाख २८ गेतसम्म र दोस्रोपटक ०५९ साल वैशाख ३ गतेबाट सोही वर्षको पुस ९ गतेसम्म महान्यायाधिवक्ताको पदमा बाहल रहेका थिए ।



प्रतिक्रिया दिनुहोस्