Logo

पूर्व प्रधानमन्त्री चन्द अस्पताल भर्ना



काठमाडौं । राप्रपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी बुधबार दिउँसो काठमाडौंकै वीर अस्पताल भर्ना भएका हुन् ।

पिसाबमा सङ्क्रमण देखिएपछि परीक्षणका लागि अस्पताल पुगेका उनलाई डेङ्गु र टाइफाइड देखिएपछि बुधवार भर्ना गरिएको हो ।

अहिले अस्पतालको भीभीआइपी कक्षमा चन्दको उपचार भइरहेको राप्रपा स्रोतले जनाएको छ । चन्द विभिन्न समयमा नेपालमा चारपटकसम्म प्रधानमन्त्री भएका व्यक्ति हुन् । उनी नेपालमा मदन पुरस्कार पाउने एकमात्र प्रधानमन्त्री हुन् । ०५४ सालमा उनको विसर्जन नामक कृतिले मदन पुरस्कार पाएको थियो ।



प्रतिक्रिया दिनुहोस्