Logo

अख्तियारद्वारा एक वर्षमा दुई सय एक मुद्दा दायर, १ हजार ५२० प्रतिवादी



काठमाडौं, २ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८०/०८१ मा १ हजार ५२० प्रतिवादी बनाइ दुई सय एक वटा भ्रष्टाचार सम्बन्धि मुद्दा दायर गरेको छ । अख्तियारले गैरकानुनी लाभहानीका ५८, घुसका ४८, नक्कली शैक्षिक प्रमाणपत्र ३४, सार्वजनिक सम्पत्तिको हानि नोक्सानी ३४, राजश्व हिनामिना १३, गैरकानुनी सम्पत्ति आर्जन ११ र विविध ३ गरी २०१ मुद्दा विशेष अदालतमा दायर गरेको हो ।

उक्त २०१ मुद्दामा कूल बिगो माग दाबी ८ अर्ब ३५ करोड १२ लाख ९८ हजार १ सय ४२ रुपैयाँ ४४ पैसा रहेको छ । १ हजार ५२० प्रतिवादीमध्ये सबैभन्दा बढी सरकारी कर्मचारी छन् । सरकारी कर्मचारीको संख्या ५२४ रहेको छ । त्यसैगरी, निर्वाचित जनप्रतिनिधि १०१, मनोनीत पदाधिकारी १८१, लेखापढी व्यवसायी २, बिचौलिया २ र व्यवसायी ९१ जना र अन्य ६१९ जना गरी १ हजार ५२० लाई प्रतिवादी बनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्