Logo

सत्ता र कुर्सीको खेलमा देश र जनतालाई दाउमा हान्नेहरु कम्युनिष्ट हुन सक्दैनन्ः प्रकाण्ड



काठमाडौं, ३ साउन । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले कांग्रेस–एमाले गठबन्धन सरकार लामो समय नटिक्ने दाबी गरेका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सत्ता र कुर्सीका लागि देश र जनतालाई दाउमा हान्ने तत्वहरुले कांग्रेस–एमाले गठबन्धन सरकार लामो समय जान नदिने बताएका हुन् ।

‘संसदवादी दलको बीचमा सत्ता र कुर्सीको निमित्त मुख्य लडाइँ पर्ने, त्यो असाध्यै दुस्मनीपूर्ण ठाउँमा पुग्ने छ । यसले सायद कांग्रेस–एमालेको अहिले बनेको गठबन्धनलाई पनि सजिलै जान दिन्छ जस्तो लाग्दैन । यो देशमा दलाल तत्वहरु छन् । यो देशमा सत्ता र कुर्सीको खेल गर्ने, त्यो खेलका निमित्त देश र जनतालाई दाउमा हान्ने तत्वहरु त छन् । ती तत्वहरुले खेल गर्छन्,’– उनले भने ।

साथै, एमाले २०४७ सालदेखि पटक–पटक सत्तामा गएर केही पनि गर्न नसकेको भन्दै उनले एमाले कम्युनिष्ट पार्टी हो कि होईन भन्ने विषयमा गम्भीर रुपमा समीक्षा गर्नुपर्ने उनले बताए । नेता प्रकाण्डले अहिलेको संसदीय व्यवस्था र निर्वाचन प्रणाली रहेसम्म सुशासन, देशको विकास र भ्रष्टाचार अन्त्य नहुने बताए । वर्तमान संविधानले उत्पीडित वर्ग, क्षेत्र, समुदाय र महिलाहरुको प्रतिनिधित्व गर्न नसकेको उनको आरोप छ । File Photo/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्