Logo

आरजु राणा हाईली क्वालिफाइड परराष्ट्रमन्त्री हो, पहिलो महिला प्रधानमन्त्री बन्ने सम्भावना छः मोहन बस्नेत (भिडिओसहित)



काठमाडौं, ३ साउन । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई ‘केटाकेटीहरुको पार्टी’ भनी टिप्पणी गरेका छन् । हिजो (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले रास्वपाको उत्पत्ति, क्रियाकलाप र इटन्टबाजले हैसियतलाई थप पुष्टि गरेको बताए । रास्वपाका सभापति एवं निवर्तमान उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले डा. आरजु राणा देउवाको बारेमा अनावश्यक स्टन्ट गरेको उनको भनाइ छ । नेता बस्नेतले लामिछाने गृहमन्त्री हुँदा नै आरजु राणाले सक्नुहुन्छ र प्रमाण छ भने मलाई कारबाही गर्नुस् भनेर चूनौति नै दिएको बताए । पदमा हुँदा काम नगरेर लामिछानेले कुरा विकाएर राजनीति गर्न खोजेको उनको आरोप छ ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीको हैसियत, उत्पत्ति, क्रियाकलाप र इटन्टबाजका बारेमा म उहाँहरुलाई धरै कुरा भन्न चाहन्न । मैले अस्ती केटाकेटीहरुको पार्टी भनिसकेको छु । आरजु राणा देउवाले उहाँहरुको सरकार हुँदा, उहाँ (रवि लामिछाने) गृहमन्त्री हुँदा सक्नुहुन्छ र मैले गल्ती गरेको छु भने कारबाही गर्नुस्, रोजतलास गर्नुस् भन्नुभएको छ । बाहिर किन फण्डा गर्ने ? कुरा विकाएर राजनीति गर्नेहरु काम गर्दैनन्,’– उनले भने ।

नेता बस्नेतले डा. आरजु राणा देउवाले यो देशको पहिलो महिला प्रधानमन्त्री बन्ने क्षमता राख्ने दाबी गरे । उनले देशमा महिला प्रधानमन्त्रीको खोजी हुने दिन आएको खण्डमा आरजु नै निर्विकल्प रहेको दाबी गरे । आरजु नेपालको हाइली क्वालिफाइड महिला रहेको दाबी गर्दै उनले भविष्यमा प्रधानमन्त्री हुने हो कि भनेर केही मानिसहरु रिस, राग गरेर विरोधमा उत्रिएको दाबी गरे । आरजु राणा देउवा डा. नारायण खड्कापछिको हाइली क्वालिफाइड परराष्ट्रमन्त्री रहेको उनको दाबी छ ।

‘डा. आरजु राणा देउवालाई परराष्ट्रमन्त्री बनाउने कुरा छ, शक्तिको पछाडि साह्रा लाग्छन् । चुप लागेर बस्यो भने कोही पनि विरोध गर्दैनन् । उहाँ नेपालको हाइली क्वालिफाइड महिला हो । यो देशमा प्रधानन्यायाधीश पनि महिला भए, राष्ट्रपति पनि महिला भए । सभामुख पनि महिला भए । आरजु राणा देउवा हाइली क्वालिफाइड, अन्तरार्ष्ट्रिय सम्बन्ध पनि मेन्टेन गर्न सक्ने, हिजो स्वाथ्य क्षेत्रमा पनि उहाँले धेरै राम्रा कामहरु गरेको, अहिले पनि इन्टरनेश्नल रिलेसनमा मिलाउन सक्ने, जान्ने व्यक्ति । भविष्यमा प्रधानमन्त्री नै हुने हो कि भनेर रिस, राग गरेर विरोधमा उत्रिएका हुन् । आरजु राणा देउवा हाम्रो पार्टीको डा. नारायण खड्कापछिको हाइली क्वालिफाइड परराष्ट्रमन्त्री हुनुहुन्छ । मान्छेले त्यो आँकलन गरेर, तर्सेर ट्याउँट्याउँ गरिराखेका छन्,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्