Logo

अर्थमन्त्रीको बस्ने घरै छैन्, राज्यमन्त्रीसँग २० हजारको मोबाइल, अन्य मन्त्रीको सम्पत्ति कति ?



काठमाडौं,३ साउन । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलसहितका सबै मन्त्रीहरुके सम्पत्ति विवरण सार्वजनिक भएको छ ।

बिहीबार मुख्यमन्त्री कँडेलसहित क्याबिनेटका सबै मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको हो । सार्वजनिक सम्पत्ति विवरण अनुसार मुख्यमन्त्री कँडेलको काठमाडौं र सुर्खेतको वीरेन्द्रनगरमा गरेर दुई ठाउँमा घर रहेको छ भने श्रमिती गीता अधिकारी कँडेलको नाममा विभिन्न ५ ठाउँमा जमिन पनि रहेको छ ।

कँडेलको नाममा वीरेन्द्रनगर नगरपालिका ४ स्थित कित्ता नम्बर १५२ मा रहेको ०(३(१२)३र ४ वर्गमिटरमा रहेको घर रहेको छ । भने श्रीती गीताको नाममा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकास्थित १९० वर्गमिटरमा फैलिएको घर रहेको छ । सो घर पुख्यौंली सम्पत्ति बेचेर ०५७ सालमा खरिद गरेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।

अन्य कुन मन्त्री कसको सम्पत्ति कति ?

भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री शेरबहादुर बुढाको डोल्पाको काईके गाउँपालिकामा ७ वटा घर रहेको छ । ती घर गोठहरु सबै पैतृक सम्पत्तिबाट खरिद गरेको बुढाले जनाएका छन् । त्यस्तै कमरी बुढाको नाममा डोल्पाकै ठूलीभेरी नगरपालिकामा २ स्थानमा जमिन भएको बुढाले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । सो जमिन व्यापारबाट खरिद गरेको बताएका छन् ।

नेकपा एमालेको तर्फबाट मन्त्री बनेका बुढासँग २० तोला सुन र ६० तोला चाँदी रहेको छ । त्यस्तै श्रीमती कमरी बुढाको नाममा नेपाल वैंकमा २० लाख रुपैंया वचत पनि रहेको बुढाले उल्लेख गरेका छन् । उनीसँग २ वटा बुलेट बाईक पनि छ । सो बाइक व्यापारमार्फत खरिद गरेको उल्लेख गरेका छन् ।

मन्त्री बुढासँग ४ वटा घोडा, ५ वटा गाई र १० वटा भेडा बाख्रा पनि छन् । सो सबै पुख्यौंली सम्पत्तिबाट खरिद गरेका हुन् । यसका अतिरिक्त बुढासँग १०० किलो काँच र २०० किलो तामा पनि रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

वीरबहादुर शाही

शाही कर्णाली सरकारमा सामाजिक विकासमन्त्री छन् । बुढाले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार डोल्पाको जग्दुल्ला गाउँपालिका, बाँके र सुर्खेतमा गरेर ३ वटा घर रहेका छन् । सो घरहरु उनले व्यापार र पुख्र्यौली सम्पत्तिबाट खरिद गरेका हुन् । शाहीसँग देशका विभिन्न ७ ठाउँमा जमिन पनि छ । सो जमिन पनि उनले व्यापार बिजनेसबाट खरिद गरेका हुन् ।

शाहीसँग ३२ तोलाभन्दा धेरै सुन रहेको छ भने १० तोला चाँदी रहेको छ । त्यस्तै उनले श्रीमती शीलाकुमारी शाहीको नाममा ५ लाख बैंकमा मैज्दात रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । उनी र श्रीमतीको नाममा गरेका एउटा क्म्पनीमा ७० प्रतिशत र अर्को कम्पनिमा ३० प्रतिशत हिस्सा सेयर रहेको छ । त्यस्तै उनले विभिन्न वैंकहरुमा साढे ८ लाख रुपैंया ऋणपनि लिएको विवरणमा उल्लेख गरेका छन् ।

मन्त्री शाहीसँग २ थान डोजर रहेको छ भने एउटा बाईक पनि छ । त्यस्तै एउटा ट्याक्टर पनि रहेका शाहीसँग ४० वटा घोडा, ६ वटा खच्चड र ३०० वटा बाख्रा पनि रहेका उनले उल्लेख गरेका छन् भेन उनको एउटा स्याउ फार्मपनि छ । एक करोडमा खरिद गरेको एउटा ग्रिल उद्योग पनि शाहीले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

भूमीमन्त्री वीनोदकुमार शाह

कर्णाली सरकारमा भूमि व्यवस्था तथा कृषिमन्त्री रहेका शाहसँग उनकी श्रीमतीको नाममा काठमाडौंको बुढानीलकण्ठमा ७५ लाख रुपैंया ऋण लिएर खरिद गरेको ३ आनामा बनेका एउटा घर रहेको सम्पत्ति विवरण सार्वजनिक भएको छ । त्यस्तै श्रीमतीकै नाममा भक्तपुरको सूर्यविनायकमा ५०८।७४ वर्गमिटर र दैलेखमा १५८ वर्गमिटर जमिन रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । त्यस्तै दैलेखको ठाँटीकाँधमा श्रीमती लक्ष्मीदेवीको नाममा ५० रोपनी जमिन रहेको विवरणमा उल्लेख छ ।

त्यस्तै सुनका गहना २५ तोला, छुट्टै सुन ४० तोला, हिराको हार १५ क्यारेट, रुवी सेट २ थान र १५ सय तोला चाँदीका भाँडाकुँडा पनि मन्त्री शाहसँग रहेको छ । मन्त्री शाहको दुईवटा बैंकमा गरेर ६० हजार कूल रकम मौज्दात रहेको छ भने उनीसँग एक एक थान मोबाइल र ल्यापटपपनि छ ।

रणसिंह परियार

नेकपा माओवादी केन्द्रको तर्फबाट उर्जामन्त्री रहेका रणसिंह परियारसँग हुम्लाको अदानचुली गाउँपालिकामा ८० वर्गमिटरमा बनेको एउटा घर रहेको छ । सो घर पुख्र्यौली सम्पत्तिबाट खरिद गरेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । उनीसँग हुम्लामा नै ६० रोपनी जमिन पनि रहेको छ ।

बैंकमा नगद ७० हजार भएका मन्त्री परियारसँग ३ तोला सुन र २० तोला चाँदी पनि रहेको छ । परियारसँग २ वटा बैंकमा ७० हजार रकम बचत छ भने ४वटा गाई, ७ वटा गोरु र ३० वटा बाख्रा पनि छन् । मन्त्री परियारसँग ३ लाख ५० हजारमा खरिद गरेको एउटा किराना पसलसमेत रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

दुर्ग बहादुर रावत

कर्णाली सरकारका उद्योग, वन तथा पर्यटनमन्त्री रावत भने सम्पत्ति विवरण अनुसार सबैभन्दा गरिब देखिएका छन् । अन्य मन्त्रीहरुको करोडौंको सम्पत्ति देखिँदा उनीसँग गृह जिल्ला कालिकोटमा एउटा घर रहेको छ भने कालिकोटकै विभिन्न ७ स्थानमा जमिनबाहेक अन्य कुनै पनि सम्पत्ति छैन् ।

गमता विक, भौतिक पूर्वाधार राज्यमन्त्री

आठबिस नगरपालिका–१, दैलेख निवासी विकले घर, जमिन केही नभएको विवरण पेस गरेकी छन् । उनले आफ्नो नाममा नभएकाले नराखिएको बताइन् । उनीसँग चार तोला सुन, १० तोला चाँदी छ, जो कृषि खेतीबाट जोडेको र केही पैतृक सम्पत्ति हो । ५ लाख रकम बैँकमा जम्मा छ । उक्त रकम सांसदको तलब भत्ताबाट जम्मा गरिएको उल्लेख छ । यस्तै तीन लाख ऋण रहेको र त्यसमा एक लाख तिरिसकिएको बताएकी छन् । उनीसँग २० हजारको मोबाइल, ५ हजारको घडी र ३० हजारको टिभी रहेको उल्लेख गरेकी छन् । उक्त सम्पत्ति तलब भत्ताबाट जम्मा गरिएको हो ।

अर्थमन्त्री महेन्द्र केसी

अर्थमन्त्री महेन्द्र केसी निकै गरिब देखिएका छन् । उनीसँग आफ्नो बस्ने घर छैन । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३, निवासी केसीको गाउँमा २७५२ र ८० वर्ग मिटरको दुई ठाउँमा जमिन छ भने कपिलवस्तुको बाँणगंगाको तीन ठाउँमा गरी ३ कट्ठा ९ धुर जमिन छ । बाँफिकोटको पुर्ख्यौली हो भने कपिलवस्तुको स्रोत खुलाएका छैनन् ।

उनीसँग पनि सुन चाँदी केही छैन । उनी र उनको परिवारको नाममा दुईवटा बैँकमा ६ लाख एक हजार ३३५ रुपैयाँ मौज्दात छ । केसीको पारिश्रमिक र श्रीमतीको द्वन्द्व पीडितलाई सरकारले दिने सुविधाबाट जम्मा भएको उल्लेख छ । त्यस बाहेक उनीसँग केही सम्पत्ति पनि छैन ।



प्रतिक्रिया दिनुहोस्