Logo

नेपाली सेनाका रथि सिग्देलको नागरिकता विवाद छानविन हुनुपर्छः अधिवक्ता चन्द



काठमाडौं, ३ साउन । मानव अधिकारकर्मी एवं अधिवक्ता त्रिलोक चन्द (विश्वास विक) ले नेपाली सेनाका रथि अशोक सिग्देलको नागरिकतामा दुई वटा जन्ममितिबारे छानविन हुनुपर्ने बताएका छन् ।

आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले सिग्देलको जन्ममिति विवादबारे गृह मन्त्रालयमा परेको उजुरी छानविन गरिनुपर्ने बताएका हुन् । उनले सिग्देलको सन्दर्भमा सर्टिफिकेटमा रहेको विवरण र नागरिकतामा रहेको विवरणबीच फरक परेको हुनसक्ने बताए ।

नागरिकता र शैक्षिक प्रमाणपत्रमा जन्ममिति फरक परेको अवस्थामा सेनाले अहिलेसम्म कुन डकुमेन्टमा भएको जन्ममितिलाई वैद्यता दिएको छ ? सोहीअनुसार गरिनुपर्ने उनले बताए ।

‘गृह मन्त्रालयमा उहाँविरुद्ध उजुरी रहेको छ । त्यो उजुरीअनुसार नै उहाँले गलत गरेको छ भने ऐन, नियमअनुसार उहाँ भागिदार हुनुपर्छ,’– उनले भने ।

साथै, अनजानवस जन्म मिति फरक परेको हो भने सिग्देलले प्रमाणित गरेर देखाउन पर्ने बताए । नेपाली सेनाजस्तो जिम्मेवार र सम्मानित संस्थाको प्रमुख निर्विवादित र स्वच्छ छविको हुनुपर्ने उनको भनाइ छ ।

साथै, सिग्देलले आफूमाथि उठेका विषय स्पष्ट पार्नुपर्ने बताए । अधिवक्ता चन्दले सिग्देल निर्दोष हुन् भने बढुवा रोक्नुपर्ने अवस्था नआउने बताए ।



प्रतिक्रिया दिनुहोस्