Logo

एसीसी महिला एसिया कप: उद्घाटन खेलमा नेपालले आज यूएईसँग भिड्दै



काठमाडौं,४ साउन । एसीसी महिला एसिया कप-२०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले यूएईको सामना गर्दैछ।

श्रीलंकाको दाम्बुला क्रिकेट स्टेडियममा हुने खेल दिउँसो सवा २ बजेपछि सुरु हुनेछ।

इन्दु वर्माको कप्तानीमा रहेको नेपाली महिला टिमले यो प्रतियोगितामा तेस्रोपटक प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल यसअघि सन् २०१२ र २०१६ मा सहभागी भएको थियो । ती दुवै प्रतियोगितामा नेपाल पराजित भएको थियो ।

खेल सूचीअनुसार नेपाल समूह ‘ए’मा छ । सोही समूहमा पाकिस्तान र भारत छन् । समूह ‘बी’मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्यान्ड छन् ।

नेपाली टिममा कप्तान वर्मासहित रुविना क्षेत्री, सीता रानामगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, काजोल श्रेष्ठ (विकेटकिपर) पूजा महतो, डली भट्ट, विन्दु रावल, रोमा थापा, कृतिका मरासिनी, सबनम राई र राजमती ऐरी सहभागी छन् ।



प्रतिक्रिया दिनुहोस्