Logo

जसपा नेपाल विभाजन हुनुमा प्रचण्ड-ओलीको कुनै रोल छैनः प्रदीप यादव



काठमाडौं, ४ साउन । खानेपानीमन्त्री प्रदीप यादवले जनता समाजवादी पार्टी नेपाल विभाजन हुनुमा प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कुनै रोल नरहेको बताएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले उपेन्द्र यादवले प्राइभेट लिमिटेड कम्पनी चलाएझै पार्टी चलाएकाले आफूहरु अलग भएको बताएका हुन् ।

‘उहाँको हैकमवादी निर्णय, प्राइभेट लिमिटेड कम्पनी र स्वैच्छाचारी विचारको कारणले गर्दा हामी अलग भएको हो । यसमा न प्रचण्डको दोष छ, न केपीजीको दोष छ । उहाँहरुको कुनै रोल छैन । हामी उपेन्द्रजीसँग आफैं अलग भएको हो,’– उनले भने ।

साथै, उपेन्द्र यादवले मधेशमा योजना बेचेकोे उनले आरोप लगाए । मन्त्री यादवले आफू यस विषयमा उपेन्द्र यादवसँग फेस टू पेस बहस गर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्