Logo

संसद भवन निर्माणमा भएको ढिलाईप्रति सभामुख असन्तुष्ट, सहरी विकासमन्त्री सिंहलाई छलफलमा बोलाए



काठमाडौं । सिंहदरबारस्थित निर्माणाधिन संसद् भवनको काममा ढिलाई भएकोबारे सभामुख देवराज घिमिरेले चासो व्यक्त गरेका छन् ।

बुधबार साँझ पाँचौंपटक निर्माणाधिन भवनको आकस्मिक निरीक्षणमा पुग्दा कोही कामदार नभेटिएको सचिवालयले जनाएको छ ।

यसअघि ३ सिफ्टमा काम गर्ने भनिए पनि डेढ वर्षसम्म एक सिफ्टमा मात्र कामदार परिचालन भएको पाइएको बताइएको छ । सम्बन्धित निकायले ८२ प्रतिशत काम सकिएको भनेपनि संरचना हेर्दा त्यो पुष्टि हुन नसकेको भन्दै सभामुखले चासो राखेको प्रेस विज्ञ शेखर अधिकारीले बताए ।

भवनको निर्माणमा भइरहेको ढिलाइबारे छलफलका लागि सभामुखले उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, सचिव, भवनका महानिर्देशक र संसद भवन निर्माण आयोजना प्रमुखसहितका अधिकारीलाई बोलाएका छन् ।



प्रतिक्रिया दिनुहोस्