काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ ।
शुक्रबार परराष्ट्र मन्त्रालयमा भएको भेटवार्ताका क्रममा राजदूत थम्पसनले मन्त्री राणालाई बधाई तथा शुभकामना दिँदै सफल कार्यकालको शुभकामना दिएको मन्त्रालयले जनाएको छ ।
भेटमा मन्त्री देउवा र राजदूत थम्पसनबिच दुई देशको सम्बन्ध र विकास साझेदारीलगायत विभिन्न सहयोग सहकार्यको विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नयाँ सरकार गठन भएसँगै विभिन्न देशका राजदूतहरुले प्रधानमन्त्रीसहित मन्त्रीहरुलाई भेटेर बधाई तथा शुभकामना दिइरहेका छन् ।