Logo

यूएईविरुद्ध नेपाललाई पहिलो सफलता, लगातार २ चौका हिर्काएकी इशा रनआउट



काठमाडौं,४ साउन । श्रीलंकामा आजबाट सुरु भएको नवौं संस्करणको एसीसी एसिया कप टी २० महिला क्रिकेटको पहिलो खेलमा नेपालले यूएईविरुद्ध सुरुवातमा फिल्डिङ गरिरहेको छ ।

श्रीलंकाको रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर बलिङ गरिरहेको नेपालले पहिलो विकेट निकालेको छ । खेलको १।५ अ‍ोभरमा नेपालले ओपनर इशा ओजालाई रन आउट गराएको हो । उनले दोस्रो ओभरको दोस्रो र तेस्रो बलमा लगातार चौका हिर्काएकी थिईन् । ताजा अवस्थामा २ ओभरमा यूएईले १२ रन जोडेको छ । एक विकेटको क्षतिमा ।

इन्दु वर्माको कप्तानीमा रहेको नेपाली महिला टिमले यो प्रतियोगितामा तेस्रोपटक प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल यसअघि सन् २०१२ र २०१६ मा सहभागी भएको थियो । ती दुवै प्रतियोगितामा नेपाल पराजित भएको थियो ।

खेल सूचीअनुसार नेपाल समूह ‘ए’मा छ । सोही समूहमा पाकिस्तान र भारत छन् । समूह ‘बी’मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्यान्ड छन् ।

नेपाली टिममा कप्तान वर्मासहित रुविना क्षेत्री, सीता रानामगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, काजोल श्रेष्ठ (विकेटकिपर) पूजा महतो, डली भट्ट, विन्दु रावल, रोमा थापा, कृतिका मरासिनी, सबनम राई र राजमती ऐरी सहभागी छन् ।



प्रतिक्रिया दिनुहोस्