Logo

यूएईले दियो नेपाललाई ११६ रनको मध्यम लक्ष्य, कप्तान ईन्दूले लिइन् ३ विकेट



काठमाडौं,४ साउन । श्रीलंकामा आजबाट सुरु भएको नवौं संस्करणको एसीसी एसिया कप टी(२० महिला क्रिकेटको पहिलो खेलमा यूएईले नेपाललाई ११६ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।

श्रीलंकाको रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा उत्रिएको यूएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११५ रन जोड्यो ।

यूएईका लागि छैटौँ नम्बरकी ब्याट्र खुशी शर्माले सर्वाधिक ३६ रन बनाइन् । यसैगरी पाँचौँ नम्बरकी ब्याट्र कविसा एगोडेगले पनि २२ रन बनाइन् । समाइरा धरनिधरकाले १३ र कप्तान एसा ओजाले १० रन जोडे । यूएईका अन्य ब्याट्रले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । यूएईले अतिरिक्त रुपमा केवल दुई रन पायो ।

नेपाली टोलीका लागि कप्तान इन्दू बर्माले तीन विकेट लिइन् । उनले चार ओभरमा १९ रन खर्चिइन् । सबनम राई, कृतिका मरासिनी र कविता जोशीले पनि एक–एक विकेट हात पारे ।

प्रतियोगीतामा नेपाल समूह ‘ए’मा छ । सोही समूहमा पाकिस्तान र भारत छन् । समूह ‘बी’मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्यान्ड छन् ।



प्रतिक्रिया दिनुहोस्