Logo

यूएईविरुद्ध ५३ रन जोड्दा नेपालले गुमायो २ विकेट



काठमाडौं,४ साउन । श्रीलंकामा आजबाट सुरु भएको नवौं संस्करणको एसीसी एसिया कप टी-२० महिला क्रिकेटको पहिलो खेलमा यूएईले दिएको ११६ रनको लक्ष्य पछ्याएको नेपालले दोस्रो विकेट गुमाएको छ ।

श्रीलंकाको रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले ८ ओभरको समाप्तीमा ५३ रन जोड्दा २ विकेट गुमाएको हो । नेपालकी ओपनर सीता रानामगर ७ तथा कविता कुँवर २ रनमा आउट भईन् । क्रिजमा रहेकी ओपनर सम्झना खड्का ३३ रन जोडेर खेलिरहेकी छन् ।

इन्दु वर्माको कप्तानीमा रहेको नेपाली महिला टिमले यो प्रतियोगितामा तेस्रोपटक प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल यसअघि सन् २०१२ र २०१६ मा सहभागी भएको थियो । ती दुवै प्रतियोगितामा नेपाल पराजित भएको थियो ।

प्रतियोगीतामा नेपाल समूह ‘ए’मा छ । सोही समूहमा पाकिस्तान र भारत छन् । समूह ‘बी’मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्यान्ड छन् ।

नेपाली टिममा कप्तान वर्मासहित रुविना क्षेत्री, सीता रानामगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, काजोल श्रेष्ठ (विकेटकिपर) पूजा महतो, डली भट्ट, विन्दु रावल, रोमा थापा, कृतिका मरासिनी, सबनम राई र राजमती ऐरी सहभागी छन् ।



प्रतिक्रिया दिनुहोस्