Logo

ओलीलाई संविधानविपरीत प्रधानमन्त्री बनाइएको माओवादीसहित तीन दलको निश्कर्ष, सदनबाट सशक्त प्रतिवाद गर्ने



काठमाडौं, ४ साउन । नेकपा (माओवादी केन्द्र) सहित तीन दलको बैठकले संविधानको कमजोर जगमा उभिएर नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाइएको निश्कर्ष निकालेको छ । आज (शुक्रबार) माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायतका विपक्षी दलका नेताहरु छलफलमा जुटेका थिए ।

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले संविधान मिचेर सरकार गठन भएकोबारेमा तीन दलको एकमत रहेको सुनाए । उनले प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि ७६ (३) अनुसार नयाँ सरकार गठन हुनुपर्नेमा जोड दिए । धारा ७६ को उपधारा २ बाट नै सरकार गठनको आह्वान संविधान विपरीत रहेको उनको भनाइ छ ।

उपमहासचिव पुनले संविधान मिचिएको दाबी गर्दै सो कुरा सदनमा सशक्त रूपमा उठाउने बताए । उनले जनताको अपेक्षाभन्दा बाहिर गएर सरकार निरङ्कुश हुनसक्ने पनि चिन्ता व्यक्त गरे । सरकार सुशासनलगायतको सुधारको कामबाट पछि हट्नसक्ने भन्दै उनले आफूहरु प्रतिपक्षमा रहेर खबरदारी गर्ने बताए । फोटो, भिडियोः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्