Logo

सडक दुर्घटनामा परी दुबईमा अनिता पाख्रिनको मृत्यु



काठमाडौं, ४ साउन । संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा सडक दुर्घटनामा परी मोरङकी अनिता पाख्रिनको मृत्यु भएको छ । गत साउन १ गते विहान दुबईको अलुकजमा रहेको सर्भ यु कम्पनीको मजदुर शिविरबाट काममा जाने क्रममा भ्यानले ठक्कर दिँदा उघटनास्थलमै उनको मृत्यु भएको थियो । मोरङ पथरीकी २८ वर्षीय अनिता ३ वर्ष पहिले युएई गएकी थिईन् ।

मृतक अनिताको शव अहिले दुवईको स्थानीय अस्पतालमा राखिएको छ । कानुनी प्रक्रिया पुरा गरेर अब नेपाल पठाउने तयारी भइरहेको बताइएको छ ।

अबुधावीस्थित नेपाली दूतावासका श्रम काउन्सिलर दीनबन्धु सुवेदीले सडक दुर्घटनामा आनिताको मृत्यु भएको भन्ने अनौपचारिक जानकारी प्राप्त भएको बताए । उनले कम्पनीसँग समन्वय गरी कानुनी प्रक्रिया पुरा गरेर मृतक अनिताको शव नेपाल पठाइने बताए ।



प्रतिक्रिया दिनुहोस्