Logo

केपी ओली देशको सबैभन्दा परिपक्व प्रधानमन्त्री हो, कसै-कसैले भारत विरोधी पनि भन्छन्, मलाई त्यस्तो लाग्दैनः अमरेश कुमार सिंह (भिडिओसहित)



काठमाडौं, ५ साउन । प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहले आजको दिनमा सबैभन्दा परिपक्व नेता प्रधानमन्त्री केपी शर्मा ओलीभन्दा अर्को कोही पनि नरहेको दाबी गरेका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली राष्ट्रियताको पक्षमा पनि सबैभन्दा राम्रो नेता रहेको दाबी गरेका हुन् ।

साथै, राष्ट्रियताको पक्षमा उभिँदा कहिलेकाहीँ दुःख पाएपनि ओलीले नेपाललाई बहुआयमिक दृष्ट्रिकोणले विश्वमाझ उभ्याउन महत्वपूर्ण योगदान गरेको नेता सिंहको भनाइ छ । उनले भने, ‘आजको दिनमा केपी ओली देशको सबैभन्दा परिपक्व प्रधानमन्त्री हो । केपी ओली राष्ट्रियताको मामिलामा पनि सबैभन्दा राम्रो हो । उहाँ राष्ट्रियताको पक्षमा उभिनुहुन्छ । उहाँले दुःख पाउनुहुन्छ होला । तर, आजको दिनमा नेपाललाई बहुआयमिक दृष्ट्रिकोणले विश्वमा उभ्याउन उहाँको योगदान छ ।’

प्रधानमन्त्री ओलीलाई केही मानिसहरुले भारत विरोधी भनेपनि आफूलाई त्यस्तो नलागेको उनले बताए । आफ्नो देशको पक्षमा काम गर्दा कसैले भारतविरोधी भन्न नहुने उनको भनाइ छ । ‘केपी ओलीलाई कसैले भारत विरोधी पनि भन्छन् । तर, मलाई लाग्दैन । किनभने आफ्नो देशको पक्षमा काम गर्दा भारत विरोधी भन्न मिल्दैन । म आफ्नो देश र जनताको पक्षमा छु । भारतको सहयोग चाहिन्छ । सहयोगको मतलब हामी कसैप्रति दासत्व भाव राख्ने होईन,’– नेता सिंहले भने । File Photo/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्