Logo

आगामी निर्वाचनमा माओवादीसँग गठबन्धन नगर्ने सर्तमा सरकार बनेको छः ईश्वर पोखरेल



काठमाडौं, ५ साउन । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी २०८४ को निर्वाचनमा माओवादी केन्द्रसँग गठबन्धन नगर्ने शर्तमा कांग्रेस–एमालेको सरकार बनेको बताएका छन् । हिजो (शुक्रबार) दोहामा प्रवासी मञ्च कतारको ७औं अधिवेशनलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो खुलासा गरेका हुन् । उनले निवर्तमान सरकार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कारण ढलेको बताए ।

एमाले–कांग्रेसको सरकारले राजनीतिक स्थायित्व दिने उनको दाबी छ । २० सिट भएकाहरु प्रधानमन्त्री बन्ने अवस्था आउँदा जनताको अभिमत प्राप्त दुई ठूला दल मिल्नुपरेको उनले बताए । वरिष्ठ उपाध्यक्ष पोखरेलले विदेशी भूमिमा दुःख गरेर पठाएको रेमिट्यान्स उत्पादनमा लगाउनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्