Logo

कांग्रेस-एमालेबीचको ७ बुँदे सहमति प्रधानमन्त्रीले संसद्मा पढेर सुनाउनुपर्छः महामन्त्री थापा



काठमाडौं, ५ साउन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस–एमालेबीच भएको ७ बुँदे सहमति प्रधानमन्त्रीले संसद्मा पढेर सुनाउनुपर्ने बताएका छन् । आज (शनिबार) ४२औं विपी स्मृति दिवसका सन्दर्भमा ओयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस–एमालेबीच भएको सहमतिका बुँदा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्बाट विश्वासको मत लिने क्रममा पढेर सुनाउनुपर्ने बताएका हुन् ।

‘हाम्रो समर्थनमा बन्ने प्रधानमन्त्रीले भोलि राष्ट्रको नाममा, अथवा विश्वासको मत लिँदै गर्दा संसद्मा आफ्नो कुरा राख्दैगर्दा कांग्रेस–एमालेबीच ७ बुँदामा समझदारी भयो भनिएको छ, यी बुँदाहरु के हो ? भोलि त्यहाँ पढेर सुनाउनुपर्छ । हामीले त पढ्यौ, पढेकै आधारमा पार्टीभित्र निर्णय गर्यौं,’– उनले भने ।

महामन्त्री थापाले कांग्रेस–एमालेबीच भएको समझदारी आफूहरुबाट नतोडिने बताए । उनले प्रधानमन्त्री ओलीले दुई वर्ष सरकारको नेतृत्व गर्ने र त्यसपछि कांग्रेसलाई छोडिदिने सहमति रहेको पनि बताए । बेला–बेलामा भएको सहमति कार्यान्वयन नभएको र पार्टीभित्र पनि कहिले काँही कांग्रेस–एमालेबीचको सहमति कार्यान्वयन हुन्छ त ? भन्ने प्रश्न उठिरहेको उनले बताए । महामन्त्री थापाले कांग्रेस–एमालेबीचको यो सहमति कार्यान्वयन नभए अन्तिम हुने बताए । अब पनि यो सहमति कार्यान्वयन नभए आफूहरुको पुस्ताले सरकारको नेतृत्व गर्ने उनको भनाइ छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्