Logo

संविधान संशोधन गर्ने हो भने कांग्रेस-एमालेले माओवादीसँग संवाद सुरु गर्नुपर्छः महामन्त्री थापा



काठमाडौं, ५ साउन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले माओवादी केन्द्रलाई बाहिर राखेर संविधान संशोधन सम्भव नरहेको बताएका छन् । आज (शनिबार) ४२औं विपी स्मृति दिवसका सन्दर्भमा ओयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान संशोधन गर्ने हो भने कांग्रेस–एमालेले माओवादीसँग संवाद थाल्नुपर्ने बताएका हुन् ।

‘हाम्रो संविधानमा केही प्रवन्धहरु हामीले बदल्नुपर्ने छ । तर, यो कांग्रेस र एमालेले मात्रै चाहेर हुँदैन । यो त कांग्रेस र एमालेले सबैभन्दा पहिले माओवादीसँग संवाद गर्नुपर्यो । अनि अरुसँग संवाद गर्नुपर्यो,’– उनले भने ।

अहिले कांग्रेस–एमाले संविधान संशोधनलगायतका सन्दर्भमा प्रवेश नगरेर सुशासन र अर्थतन्त्रलाई ठीक बनाउनेतिर लाग्नुपर्ने उनको सुझाव छ । उनले पार्टी र पार्टी बाहिर पनि विश्वास जगाउनेतिर लाग्नुपर्ने बताए । जनतामा विश्वास जगाउन सकेको खण्डमा माओवादीसँग संवाद गर्दै संविधान संशोधनको विषयमा प्रवेश गर्न वातावरण निर्माण हुने उनको भनाइ छ ।

गत असार १७ गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढालेर नयाँ सरकार बनाउन दुईलले सहमति गरेका थिए। उक्त सहमति अहिलेसम्म औपचारिकरुपमा सार्वजनिक भएको छैन। File Photo/RN



प्रतिक्रिया दिनुहोस्