Logo

छोराको हत्या भएको १२ वर्षसम्म हत्यारा पत्ता नलागेको भन्दै लक्ष्मीप्रसाद मिडियामा, प्रहरीले सहयोग नगरेको आरोप



काठमाडौं, ५ साउन । सिरहाको लहान नगरपालिका–२२ का लक्ष्मीप्रसाद कल्याणले आफ्नो छोरा देवदत्त चौधरीको २०६८ मा अपहरणपछि हत्या भएको भएको भएपनि अहिलेसम्म न्याय नपाएको बताएका छन् ।

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो छोरा लाहनबाट अपहरणमा परेको र त्यसपछि हत्या भएको बताएका हुन् । छोरो अपहरणमा परेको ४/५ महिनापछि अपहरणकारीहरुले ५ लाख रुपैयाँ फिरौती मागेको बताए ।

देवदत्त अपहरणमा परेको दिन नै आफूले प्रहरी कार्यालयमा उजुरी दिएको बताए । तर, आजसम्म कसले अपहरण गर्यो र हत्या भयो भन्ने खुल्न नसकेको बताए ।

‘मेरो छोरा देकदत्ता चौधरीलाई २०६८ बैशाख १२ गते सोमबार अपहरण गरेको थियो । छोरा अपहरणमा परेको लगभग एक वर्षपछि २०६९ सालमा नागरिक पत्रिकामा छोराको मृत्यु भएको खबर छापिएर आएको थियो र त्यसपछि छोराको हत्या भएको खबर पायौं,’– उनले भने ।

छोराको मृत्युको खबरपछि आफूले नेपाली काङ्ग्रेसका पुर्व सांसद नारायण प्रसाद चौधरी लगायत ७/८ जनाको नाममा लाहन प्रहरी चौकीमा किटानी जाहेरी दिन खोजेपनि प्रशासनले जाहेरी लिन नमानेको उनको गुनासो छ ।

उक्त अपहरण कसले र किन गरेको थियो भन्ने कुरा अहिलेसम्म प्रहरीले पत्ता लगाउन नसकेको उनले बताए । उनले आफ्नो छोराका अपहरण र हत्याको बारेमा निष्पक्ष छानविन गरी दोषीलाई हदैसम्मको कानुनी कारबाही हुनुपर्ने माग गरे ।



प्रतिक्रिया दिनुहोस्