Logo

उपसभामुख रानाले एनजीओकर्मीको भूमिका निर्वाह गर्न मिल्दैनः सांसद सिंह



काठमाडौं, ५ साउन । प्रतिनिधि सभा सदस्य डा. अमरेश कुमार सिंहले उपसभामुख इन्दिरा रानाले एनजीओकर्मीको भूमिका निर्वाह गर्न नमिल्ने टिप्पणी गरेका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले राजनीतिक गर्ने र उच्च ओहदामा रहने मान्छेले लक्ष्मण रेखा पार गर्न नहुने बताएका हुन् ।

उपसभामुख रानाले अमेरिकी दूतावासलाई भिसाको लागि चिठी लेखेर लक्ष्मण रेखा पार रेको उनको भनाइ छ । नेता सिंहले उपसभामुख रानाले नैतिकताको आधारमा राजीनामा दिनु उचित हुने धारणा व्यक्त गरे ।

‘राजनीतिक गर्ने व्यक्ति वा उच्च ओहदाको व्यक्ति आफू लक्ष्मण रेखाको भित्र रहनुपर्छ । उहाँले लक्ष्मण रेखा पार गर्नुभयो । उहाँले कुनै विदेशी डिप्लोमेटलाई चिठी लेख्नहुन्थेन । यदि उहाँलाई सहयोग नै चाहिएको थियो भने संसदलाई भनेर परराष्ट्र मन्त्रालयमा चिठी लेख्नुपथ्र्यो । यदि सरकारको काम हो भने परराष्ट्रले नोट पठाउँथ्यो । उहाँ हिजोको दिनमा एनजीओकर्मी हुनुहुन्थ्यो । आजको दिनमा प्रतिनिधि सभाको उपसभामुख । उहाँले एनजीओकर्मीको भूमिका निर्वाह गर्न मिल्दैन । नैतिकता आफूसँग हुन्छ, अरुले सिकाएर आउने कुरा होईन,’– उनले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्