Logo

कांग्रेस-एमालेको सहकार्य बाध्यता होः मन्त्री पाण्डे



काठमाडौं, ५ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन बद्रीप्रसाद पाण्डेले बाध्यतामा कांग्रेस–एमाले सत्ता समीकरण बनेको बताएका छन् । आज (शनिबार) नेपाली कांग्रेस बाजुरा–काठमाडौं सम्पर्क समितिद्वारा आयोजित कार्यक्रमलाई समवोधन गर्दै उनले यस्तो बताएका हुन् ।

साथै, देशमा देखिएको विकृति, विसंगति, अविश्वास र निराशाको अन्त्य गर्ने गरी सरकारले काम गर्ने पनि उनले बताए । देशमा देखिएको राह्रा समस्या समाधान गर्न कांग्रेस–एमाले गठबन्धन सरकारले ब्रमअस्त्र तयार गरेको उनको भनाइ छ ।

‘कांग्रेस र एमालेको सहकार्य यो रहर होईन, बाध्यता हो । विकृति र विसंगतिलाई अन्त्य गर्नेगरी, देशमा अविश्वास, निराशा सिर्जना भएको छ, त्यसको अन्त्य गर्नेगरी, देशको अर्थतन्त्र कमजोर भएको छ, त्यसलाई सुदृढ पार्ने गरी र देशमा सुशासनको प्रत्याभूति गराउनुपर्ने छ । त्यसका लागि हामीले कांग्रेस–एमाले मिलेर ब्रमाअस्त्र तयार गरेका छौं,’– उनले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्