Logo

बागमती र लुम्बिनी सरकारबाट एकसाथ बाहिरिँदै माओवादी



काठमाडौं, ५ साउन । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । सत्ता साझेदार दल नेकपा (एमाले) सरकारबाट बाहिरिएसँगै उनी अल्पमतमा परेका थिए । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै त्यसको प्रभाव प्रदेशमा पनि परेको छ । बागमतीमा एमाले र कांग्रेसले नयाँ सरकार बनाउन कसरत गरिरहेका छन् ।

एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ । त्यस्तै, कांग्रेसले पनि विश्वासको मत नदिने निश्चित छ । एमाले–कांग्रेसले विश्वासको मत नदिएसँगै बागमतीमा जम्मकट्टेल नेतृत्वको सरकार ढल्ने निश्चित छ ।

त्यस्तै, लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पनि आइतबार नै विश्वासको मत लिँदैछन् । लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ सांसद छन् । त्यस्तै माओवादी केन्द्रका १० सांसद छन् ।

त्यस्तै साना दल राप्रपा र नागरिक उन्मुक्तिका चार–चारजना, लोकतान्त्रिक समाजवादी र जनमत पार्टीका तीन–तीनजना, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीमा दुई–दुईजना तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाका एक–एकजना सदस्य छन् भने एकजना स्वतन्त्र सदस्य छन् ।

कूल ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सांसदको समर्थन आवश्यक पर्छ । मुख्यमन्त्री महराले पनि विश्वासको मत नपाउने निश्चित छ ।



प्रतिक्रिया दिनुहोस्