Logo

भ्रष्टाचारको फाइल ठूला नेतातिर सोझिएपछि कांग्रेस–एमाले गठबन्धन बन्योः माओवादी नेता विश्वकर्मा



काठमाडौं, ६ साउन । नेकपा (माओवादी केन्द्र) का नेता एवं राष्ट्रिय सभा सदस्य विष्णुबहादुर विश्वकर्माले ठूला–ठूला भ्रष्टाचारको फाइल खुल्दा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढलेको दाबी गरेका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले तत्कालीन सरकारले खोलेको भ्रष्टाचारको फाइल ठूला नेतातर्फ सोझिएपछि रातारात कांग्रेस–एमालेको सरकार बनेको बताएका हुन् ।

‘गठबन्धन अगलै कुराले टुटेको छ । पाटीभित्रको, सत्ताको खेलले होईन । फरक ढंगबाट अर्को गठबन्धन बन्न पुग्यो । किनभने अहिले विभिन्न खालका भ्रष्टाचारका फाइलहरु खुले । अन्ततः भ्रष्टाचारका फाइलहरु केन्द्रमै सोझियो, ठूलाबडामै सोझियो । त्यसपछि रातारात गठबन्धन बन्न सुरुभयो,’– उनले भने ।

निवर्तमान प्रधानमन्त्री प्रचण्ड सरकार चलाउने कुरामा कहीकतै नचुकेको उनको दाबी छ । नेता विश्वकर्माले प्रचण्डको कारण वर्तमान सरकार ढलेको भन्न नमिल्ने बताए ।

’ चुकेको कुरा कहीँ छैन, सरकार चलाउन नजानेको कुरा पनि होईन । सहमति गर्दाखेरी नमानेको कुरा पनि होईन । न्यायाधीश नियुक्ति, राजदूत नियुक्ति, मन्त्रिमण्डल गठन गर्दा कहाँ थियो र नमानेको ? त्यसकारण प्रचण्डले धोका दिएको भन्न मिल्दैन ।



प्रतिक्रिया दिनुहोस्