Logo

प्रधानमन्त्री अ‍ोलीले विश्वासको मत माग्नुअघि छलफलमा जुटे प्रचण्ड र माधव नेपाल



काठमाडौं,६ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

आइतबार बिहान माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दुई नेताबीच भेटवार्ता भएको हो । दुई नेताबीच छलफल जारी छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन् । प्रचण्ड र नेपालले त्यसअघि भेटवार्ता गरेका हुन् ।

गएको शुक्रबार प्रचण्ड, नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले एकापसमा छलफल गरेका थिए । तीनै दलले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेका थिए ।

ओली असार ३१ गते नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए । तीन दलले विश्वासको मत नदिने औपचारिक निर्यय गरेपनि ओलीलाई दुई तिहाई सांसद्को समर्थन रहेको छ । यता दाहाल र नेपालले भने ओलीलाई दुई तिहाइ पुग्न नदिने प्रयास गरिरहेका छन् । यसअघि दुर्य नेताबीच यसबारेमा शुक्रबार पनि छलफल भएको थियो ।



प्रतिक्रिया दिनुहोस्