Logo

कांग्रेस-एमालेले सत्ताको खेलमात्रै गरेका छन्, राप्रपाले सरकारलाई विश्वासको मत दिँदैनः धवल शमशेर



काठमाडौं, ६ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर जबराले आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने बताएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिले राप्रपाले सत्ता सहकार्य नगर्ने उनले बताए ।

राप्रपाको हिजो बसेको निर्देशन समितिको बैठकले विश्वासको मत नदिने निर्णय गरिसकेको उनको भनाइ छ । राष्ट्रिय सहमतिको सरकार बनाउने, संविधान संशोन गर्नेलगायतका सबै कुरा भ्रममात्रै रहेको उनले बताए ।

‘यो संविधान संशोधन होईन । जनताको आँखामा धुलो छोप्नेमात्रै काम हो । सत्ताको अर्को खेल हो । यसमा हामीले वेट एण्ड वाच गर्नुपर्छ । अहिले नै उनीहरुलाई समर्थन दिन हुँदैन, विपक्षमा बस्नुपर्छ भन्ने निर्णय भएको छ,’– उनले भने ।

महामन्त्री जबराले राप्रपाले गुण र दोषको आधारमा समर्थन र विरोध गर्ने पनि बताए । उनले सत्ता सहकार्यको योजना पनि रहेको र अन्य विपक्षी दलहरुसँग मिलेर अगाडि पनि नबढ्ने बताए ।



प्रतिक्रिया दिनुहोस्