Logo

पुस्तकालय उद्घाटन गर्दै देउवाले भने, ‘कांग्रेसीहरु पढ्दैनन् भन्ने भाष्य चिर्नुस्’



काठमाडौं, ६ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसीहरु पढ्दैनन् भन्ने भाष्य चिर्न जरुरी रहेको बताएका छन् । आज (आइतबार) ४२औँ बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस केन्द्रीय पुस्तकालय शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसीहरुले अध्ययन गर्ने बानी बसाल्न जरुरी रहेको बताएका हुन् ।

सभापति देउवाले पुस्तकालयमा सबैले पढ्ने वातावरण बनाउन पनि आग्रह गरे । ‘एउटा भन्ने चलन छ, कांग्रेसले पढ्दै पढ्दैन भनेर। अब लाइबेरी भएपछि अवश्य नै पढ्नुहुनेछ भन्ने मलाई लाग्छ,’– उनले भने ।

सभापति देउवाले वीपीको योगदानको स्मरण गर्दै उनको योगदान राजनीति, साहित्यलगायतमा विधामा रहेको बताए । विपीले आफ्नो जीवन राजनीतिक सिद्धान्त स्थापित गर्न र मुलुकलाई जुनसुकै बलिदानी दिन तयार भएर विताएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्