Logo

प्रधानमन्त्री ओलीले कुलमान घिसिङलाई जंगेको शैलीमा हुकुमी निर्देशन दिएको भन्दै माओवादीको आपत्ति



काठमाडौं,६ साउन । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विद्युत् भुक्तानी विवाद तत्काल समाधान गर्नेगरि काम गर्न जंगबहादुरको शैलीमा निर्देशन दिएको भन्दै आपत्ति जनाएका छन् ।

आज बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै प्राधिकरणका एमडीलाई हुकुमी शैलीमा निर्देशन दिएको भन्दै उनले आपत्ति जनाए । सापकोटाले यो सरकार किन र कसका लागि बनेको त्यो प्रष्ट भएको दाबी गरे ।

‘तीन चरणमा यस विषयमा विवाद रहेको छ । हाम्रो संसद्को सार्वजनिक लेखा समितिले एउटा उपसमितिनै तयार पारेको छ । यसमा ८ बुँदामा निर्देशन जारी गर्ने उल्लेख गरेको छ । विद्युत नियमन आयोगले समेत यसलाई गम्भीरतापूर्वक लिएको छ । र यसमा पनि सुझाव र निर्देशनहरु दिईएको छ । विद्युत प्राधिकरणले विभिन्न समयमा पटक पटक उपसमिति बनाएको छ । र त्यसले सुझाव पेश गरेको छ । त्यसका आधारमा प्रचण्ड नेतृत्वको निवर्तमान सरकारले स्प्रष्ट निर्देशनका साथका समस्याको समाधान गर्ने भनेको थियो । तर, अहिलेको सरकारले यसलाई उल्ट्याउने कोशिस गरेको छ’ उनले भने ।



प्रतिक्रिया दिनुहोस्