Logo

प्रधानमन्त्री ओलीले मागे सदनमा विश्वासको मत (लाइभ)



काठमाडौं,६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्बाट विश्वासको मत मागेका छन् । अ‍ोलीले संविधानको धारा ७६ को उपधारा ४ अनुसार सदनबाट विश्वासको मत मागेका हुन् ।

नयाँ सरकार गठनको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

नेपाली कांग्रेस र नेकपा (एमाले)बीचको सहमतिबमोजिम गएको असार ३० गते ओली प्रधानमन्त्रीमा नियुक्त भएका थिए । असार ३१ गते उनले पद तथा गोपनीयताको शपथ लिएका थिए । सोही दिन मन्त्रिपरिषद् विस्तार गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्