Logo

अब शेयर बजारमात्रै होईन, देशको पूरै बजार चलायमान हुन्छः प्रधानमन्त्री ओली



काठमाडौं, ६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगो देशको अर्थतन्त्र चलायमान बनाउने अनुभव वर्तमान सरकारसँग रहेको बताएका छन् । आज (आइतबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले सरकार बनेको दुई सातामा नै नेप्से चार सय अंकले बढेको बताउँदै अबको केही दिनमा सिंगो देशको बजार चलायमान बन्ने बताएका हुन् ।

कांग्रेस–एमालेको सरकार बनेसँगै नेप्से २७ महिना यताकै उच्च बनेको बताउँदे यसलाई सरकारप्रति जनताले देखाएको विश्वास र भरोसाको प्रमाणको रुपमा प्रस्तुत गरे ।

‘अर्थतन्त्रको ऐना मानिने शेयर बजार हरियो भएको छ । ५० लाखभन्दा बढी लगानीकर्ता संलग्न शेयर बजार पछिल्लो दुई सातामा चार सय अंकले बढेको छ । नेप्से २७ महिना यताकै उच्च भएको छ । हाम्रो सरकारप्रति जनताले देखाएको विश्वास र भरोसाको प्रमाण यो हो । म यस सम्मानित सदनमार्फत सम्पूर्ण दिदीबहिनी दाजुभाइहरुलाई भन्न चाहन्छु– अब शेयर बजारमात्रै होईन, देशको पूरै बजार चलायमान हुनेछ । सिंगो देशलाई चलायमान बनाउने आत्मविश्वास हामीसँग छ । किनभने हामीले लामो अनुभव बटुलेका छौं,’– उनले भने । Photo By: Mukunda kalikote/RN



प्रतिक्रिया दिनुहोस्