Logo

शपथ बहिष्कार गरेका माधवले पनि दिए ७ दिनपछि ओलीलाई बधाई, भने: कानूनमै नभएको संसद विघटनको इतिहास भुलेका छैनौं



काठमाडौं,६ साउन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री नियुक्त भएकोमका नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीलाई शुभकामना दिएका छन् ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकमा ओलीले राखेको विश्वासको मतसम्बन्धीको प्रस्तावमाथि बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले बधाइ दिँदै ओलीले गरेको सदन विघटनसमेत सम्झिएका छन् ।

‘सर्वप्रथम प्रधानमन्त्री ओलीलाई औपचारिक बधाई । आज विश्वासको मत मागिरहनुभएको छ, तर संसद्बाट बेपत्ता हुनुहुन्छ । आजको सदनमा पूरा समय सुन्ने । सबैका कुरा सुन्ने धैर्यता राख्नु पर्छ,’ नेपालले भने । 

उनले सदनमा आफ्नो कुरा राखेर ओली बाहिरिएको भन्दै आपत्ति जनाए । उनले भने, ‘प्रधानमन्त्रीले विश्वासको मत मागिरहनु भएको छ । तर, अहिले यो हलबाट बेपत्ता हुनुहुन्छ । उहाँले संसदलाई महत्व नदिनुभएको जस्तो लाग्यो । आजको सदनमा उहाँको पूरा उपस्थिति आवश्यक थियो । सबैका विचार र धारणा सुन्ने धैर्यता राख्नुपर्थ्यो । सायद अरुका बचन सहन नसक्ने हो कि ! तर, कसैबाट बचन कटु निस्केका छैनन् । मेरा पनि कर्णप्रिय नै होलान् । मैलेमात्र उपस्थितिका निम्ति सम्झाउन खोजेको हो ।’



प्रतिक्रिया दिनुहोस्