काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको मत सम्बन्धीको प्रस्तावमाथि मतदान सुरु भएको छ ।
आज बसेको प्रतिनिधि सभा बैठकमा ओलीले संविधानको धारा ७६ को उपधारा ४ अनुसार विश्वासको मतको प्रस्ताव पेश गरेका थिए । ओलीलाई दुईतिहाई सांसदको समर्थन रहेको छ ।