Logo

दुई तिहाई सांसदहरुको विश्वासलाई आफ्नो बुद्धि, विवेक र क्षमताले भ्याएसम्म सदूपयोग गर्छु: प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई संसदबाट विश्वासको मत प्राप्त भएकोमा सांसदहरुलाई धन्यवाद दिएका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आभार व्यक्त गरेका हुन् ।

प्रधानमन्त्रीले सांसदहरुको विश्वासलाई आफ्नो बुद्धि, विवेक र क्षमताले भ्याएसम्म सदूपयोग गर्ने बताएका छन् ।

उनले भनेका छन् ‘संसद्ले प्रधानमन्त्री पदमा विश्वासको मत दिएको छ। यसलाई आफ्नो बुद्धि, विवेक र क्षमताले भ्याएसम्म सदुपयोग गर्ने छु । प्रतिनिधिसभाका सबै माननीय सदस्यज्यूहरूलाई धन्यवाद !’

प्रतिनिधिसभाका २७५ सदस्यमध्ये आइतबार ओलीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १८८ सांसदले मतदान गरे । विपक्षमा ७४ मत पर्‍यो भने एक मत तटस्थ रह्यो ।



प्रतिक्रिया दिनुहोस्