Logo

बागमतीको मुख्यमन्त्रीमा लामाको दाबी पेश भोलिमात्र, यस्तो छ कारण



काठमाडैं,७ साउन । बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामाले भोलिमात्र दाबी पेश गने भएका छन् ।

यसअघि आज बिहान १० बजेको समय निर्धारण गरिएपनि अन्तिम समयमा कार्यक्रम स्थगित गरिएको हो ।

प्रदेश प्रमुख कार्यालय हेटौँडामा बिहान १० बजेका लागि समय माग गरिएको भए पनि अन्तिम समयमा स्थगित भएको कांग्रेसका एक नेताले जानकारी दिए । उनकाअनुसार अब दाबी पेश भोलि बिहान १० बजे हुनेछ । एमाले र कांग्रेसको सहमतिमा नै लामाको मुख्यमन्त्रीमा दाबी गर्ने कार्यक्रम रोकिएको हो ।

सत्ता समीकरण परिवर्तन पछि अल्पमतमा परेका प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा पछि प्रदेशको मुख्यमन्त्रीका लागि प्रदेश प्रमुख यादव चन्द्र शर्माले संविधानको धारा १६८ को उपधानरा २ अनुसार सरकार गठनका लागि दाबी गर्न आह्वान गरेका थिए । आइतबार सूचना जारी गरेर साउन ८ गते साँझ ५ बजेसम्म दाबी पेस गर्न आह्वान गरिएको थियो ।

कांग्रेस र एमालेले मुख्यमन्त्रीले शपथ लिएकै दिन सरकारलाई पूर्णता दिने तयारी गरेका छन् । हाल प्रदेश सरकारमा १३ वटा मन्त्रालयहरु रहेका छन् । त्यसमध्ये एमालेले ६ र बाँकी ७ मन्त्री कांग्रेसले लिनेबारे छलफल चलिरहेको छ । तर, एमालेले ७ मन्त्रालय पाउनुपर्ने अडान राखेपछि भागबन्डा टुंगिन समय लाग्ने भएको नेताहरुले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्